वडाको चौतर्फी विकास गर्दै अध्यक्ष पौडेल
♠हस्ता विष्ट
१९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित राईनास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष देब बहादुर पौडेल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
लमजुङ जिल्लामा अवस्थित राईनास नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा देब बहादुर पौडेल ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पोडेल अहोरात्र खटिरहनुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष पौडेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पौडेल बताउनुभयोे ।
वडा अध्यक्ष पौडेलले भन्नुभयो, ” वडामा बाटो सडकको स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु अगाडि बढाईरहेको छौ । ”
खानेपानीको क्षेत्रमा वडाबासीको घरघरमा धारा निमार्ण गर्नको लागि बृहत रुपमा कामहरु भईरहेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । त्यसै गरी युवाहरुको लागि बाल क्लवको गठन गरेर विभिन्न खेलकुदको व्यवस्था गर्ने योजनामा रहेको उहाँको भनाई छ ।
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वृद्धि गर्न विशेष जोड दिएको र विद्यार्थीहरुलाई कपि कलमहरु वितरण गर्ने योजनामा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
स्वास्थ्यको क्षेत्रमा वडाको अभियानबाट टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर विभिन्न औषधी वितरण गर्ने कामहरु गरिरहेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउनको लागि मौरी पकेट,कृषि पकेट, मकै पकेटको निमार्ण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु साबुन बनाउने कार्यक्रमहरुको सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो । ”
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







