Share Icon

 ♥सागर परियार

१४ फागुन, राजापुर  । अमर सहिद श्रीदशरथ चन्द माध्यामिक बिद्यालय राजापुरमा निर्माण गरिन लागेको ४ कोठे भवनको आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले भवनको शिलान्यास गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अथिति नगरप्रमुख दिपेश थारु का अनुसार आफु निर्वाचन भए लगतै ७५३ पालिका मध्यमा सबै भन्दा धेरै शिक्षामा बजेट बिनियोजन गर्ने आफनो पालिका रहेको , बालबिकास देखि कक्षा १२ सम्म निशुल्क गरेको

बिद्यार्थी का अभिभावकका अनुसार नै कार्यक्रम सचालन गरेको पहिलो बर्ष हुदा केहि कठिनाई समेत रहेको सामान्य परिवारका बालबालिका लाई शिक्षामा कुनै किसिको कठिनाई हुनु हुदैन् ।

शिक्षा एउटा महत्व पुर्णः भाग रहेकाले त्यसबाट कोहि पनि बञ्चित हुनु हुदैन्न् शिक्षामा कमि हुदा बाल बिवाह धेरै हुने र त्यसबाट धेरै स्वास्थ्य सामाजिक आर्थिक समस्या पनि हुने भएका ले आफ्ना वडाहरुले त्यसबारेमा सचेतना मुलक

कार्यक्रम समेत गरिरहेको छ आफुले केहि गर्ने योग्य भए मात्र बिवाह गर्नु पर्छ भन्ने मेरो पहिलो प्रथामिता रहेको राजापुरमा केहि दिन डाक्टर समस्या भएता पनि आफुहरुले अहिले त्यो समस्याको समाधान गरेको अब समान्य

अपरेसन समेत राजापुर स्वास्थ्य केन्द्रमा हुने बताउदै २०७४ सालको निर्वाचनमा आफु प्रदेश सदस्य हुदा पनि यस बिद्यायललाई भवन उपल्बध गराएको र अहिले पनि नगरकार्यपालिका बाट चार कोठे भवन निर्माण गर्न लागेको बताउनु भएको छ ।

उहाँका अनुसार आफुले उच्च शिक्षा हासिल गर्ने नसकेता पनि आफ्ना नगरका बालबाकिालाई त्यो बाट बञ्चित हुन नदिने हामीले आफ्नो लक्ष्य अहिले नै तय गर्नु पर्ने बताउदै शिक्षामा गुणस्तरिय ल्याउनका लागि शिक्षक अभिभावक बिद्यार्थी सबैले जोड गरे मात्र यस राजापुर नगरपालिकाले उत्कृत रिजट ल्याउने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै राजापुर नगरपालिका वडा नं। ४ बिदुर पोखरेल बिद्यालयलाई विद्यार्थी नै राम्रो बनाउने हो बिद्यालयको नतिजा रामा्रे आउदा मात्र शिक्षामा केहि परिर्वतन हुने छ ।

यस बिद्यालयमा पहिला देखि नै भवनका समस्या रहेका ले बिहान ६ बजे एउटा कक्षा संचालन गर्नु पर्ने र आर्को कक्षा दिउँसो सचालन गर्नु पर्ने समस्यालाई देख्दा नै हामी भवनलाई प्रथामिकता दिएका हौ यो चार कोठे भवन यस

बिद्यालयको लागि अझ पनि अपुग रहेको बताउदै आगामी दिनमा बिद्यालयले रामा्रे नतिजा ल्याएमा आफुहरुले फेरी पनि यस बिद्यालयमा थप अरु भवन निर्माण गर्ने आजका बालबालिका भनेको भोलिका यो समाज राष्ट्रका कर्णदार हुने बताउनु भएको छ ।

त्यैसगरी कार्यक्रमका सभाअध्यक्ष बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राज कुमार उपाध्यका अनुसार आफु पहिला यसै बिद्यालयको शिक्षकको रुपमा काम गदै आएको र अहिले यसै बिद्यालयको अध्क्षय भएको छु म यहा आएको अहिले ४ दशक भन्दा धेरै भएको बताउदै बिद्यालयले कहाँ के कम्जोरी गरेको छ त्यसैले हामिले रामा्रे नतिजा

ल्याउन सकेका छैनौ त्यसलाई हामि सुधार गरी बिद्यालयले रामा्रे नतिजा ल्याउने बनाउने छौ त्यसका लागि आफुहरु दिनरात लाग्ने , बालबिवाह अहिले समाजमा त्तिब रुपमा लिएको त्यसका लागि आफुले समाजमा धेरै सचेतनामुलक

कार्यक्रम समेत चलाएको भन्दै आउने मेयरकप यहि बिद्यालयमा गर्ने मनसाय रहेको र त्यो मेयरसाबले व्यवस्था मिलाई दिनु हुन्छ आशा प्रकट गर्नु भएको थियो ।

शिलन्यास कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष तथा सदस्य अभिभावक समितिका पदाकारी तथा बिद्यालयका शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सचालक पुरुष्त्म खनालले गर्नु भएको थियो ।

 

 

Facebook Comments Box

Share Icon