आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः वडा अध्यक्ष थारू

Share Icon

२८ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको राजापुर नगरपालीका वडा नं.१०, का शिव लाल थारुले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय बर्दिया जिल्ला स्थित राजापुर नगरपालीका वडा नम्बर १० ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष शिव लाल थारु अहोरात्र खटिरहनु भएको छ ।

अघिल्लो वर्ष जस्तै यो वर्ष पनि वडा नम्बर १० का वडावासीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा अध्यक्ष थारु भन्नुहुन्छ, “हामीले अघिल्लो कार्यकालमा अधुरा रहेका  योजनाका कामहरु सडक ग्राबेल गर्ने, सिचाईमा बोरीङ व्यवस्थापन गर्नुका साथै वडा कार्यलयमा बाउन्ड्री गर्ने जस्ता कामहरु सम्पन्न गरेका छाैँ ।”

त्यसैगरी अघिल्लो कार्यकालमा रहेका नगरपालिकाको योजनाका कामहरु भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वार्षिक बजेट अनुसार उपभोक्ता समिती गठन गरेर योजनाका कामहरु तिव्र गतीमा बढाएका छौँ ।”

वडामा चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर योजनाका कामहरु भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले लक्षीत वर्गहरुको लागी विभिन्न कार्यक्रमका साथै द्धन्द्ध पिडितहरुलाई कृषि सामाग्री र विउविजन वितरण गर्ने कार्यक्रम सपन्न गरेका छाैँ ।”

उहाँले शिक्षा क्षेत्रमा शिक्षालाई जोड दिदैँ टुहुरा रहेका बालबालीकाहरुलाई शैक्षीक सामाग्री वितरण गर्ने योजना रहेको र केही दिनमै सम्पन्न हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जेष्ठ नागरीक, अपाङ्ग र एकल महिलाहरुलाई बजेटअनुसार फाल्गुन महिनाको अन्तिममा उहाँहरुलाई झुल वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।”

युवाहरुकोलागी राखीएको खेलकुद कार्यक्रम सम्पन्न भएको र महिलाहरुको लागी नारी दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न बजेट विनीयोजन गरीएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि क्षेत्रकोलागी वडामा सिचाईको अवस्था एकदमै कम रहेकोले यो वर्ष पनि वडामा दश ओटा बोरीङ व्यवस्थापन गर्ने काम सम्पन्न गरीसकेका छौँ ।”

त्यसैगरी शिक्षा क्षेत्रकोलागी वडामा रहेका चार ओटा विद्यालयहरुलाई भौतिक संरचना मर्मतकोलागी पनि बजेट विनीयोजन गरीएको उहाँले बताउनुभयो ।

अध्यक्ष थारु भन्नुहुन्छ, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई नदी कटानबाट बच्न तटबन्धनको लागी पहल गर्दै जङगली जनावरहरुबाट बच्न र किसानहरुको बालीनाली जोगाउन किसानहरुलाई मतान नभएको ठाउँमा मतानको व्यवस्था गर्ने र तार जालीहरुको व्यवस्था गर्न सम्बन्धीत निकायसँग समन्वय गरेर व्यवस्थापन गर्ने लक्ष्य रहेको बताउनुभयो ।”

अन्त्यमा उहाँले भन्नुभयो ?

मलाई अमुलय भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.