आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः वडा अध्यक्ष थारू
२८ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको राजापुर नगरपालीका वडा नं.१०, का शिव लाल थारुले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय बर्दिया जिल्ला स्थित राजापुर नगरपालीका वडा नम्बर १० ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष शिव लाल थारु अहोरात्र खटिरहनु भएको छ । अघिल्लो वर्ष जस्तै यो वर्ष पनि वडा नम्बर १० का वडावासीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष थारु भन्नुहुन्छ, “हामीले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरु सडक ग्राबेल गर्ने, सिचाईमा बोरीङ व्यवस्थापन गर्नुका साथै वडा कार्यलयमा बाउन्ड्री गर्ने जस्ता…
