विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष ठकुरी
७ चैत्र, काठमाडाैं। बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ । पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ। बैजनाथ गाउँपालिकामा ८ वडा रहेको छ ।
वडाका जनप्रतिनिधि राजु रुचाल ठकुरी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । आफू निर्वाचित भएको वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुराना कामलाई गति दिदैं नयाँ योजनालाई तिव्रता दिइरहेको जानकारी दिनुभएको छ ।
वाड नम्बर २ का अध्यक्ष राजु रुचाल ठकुरी भने बढी समय जनताको काममा सक्रिय हुनुहुन्छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। वडा अध्यक्ष ठकुरीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।
अध्यक्ष ठकुरीले भन्नुभयो, ‘कृर्षी र शिक्षालाई बिशेष जोड दिएर बजेटहरु निर्धारण गरेको छौ र शैक्षिक कार्यक्रम बनाएको अब चाडै कार्यन्यन गर्न ,शिक्षामा पनि हामीले प्रमुख जोड दिएको छाै । ‘ घरमै बसि बसि उद्यम गर्न सहज होस भनेर सिपमुलक कामहरुको योजना बनाएको समेत जानकारी दिनुभयो।
सम्रग २ नम्बर वडामा शिक्षा, स्वास्थ्य, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष ठकुरीले बताउनुभयो।
अध्यक्ष ठकुरीले भन्नुभयो, ‘वडामा समस्या नभएका हैन भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासका कारण जनता समस्यामा छन् । यस्ता समस्या समाधान गर्न हाम्रो कार्यकालमा प्रयास जारी छ । निरन्तर रुपमा सबैले लालपुर्जा पाउन भनेर लागी रहेको छौ ।’
वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा कृषीमा आवद्ध तथा समाजिक सेवामा आबद्ध रहनुभएका ठकुरीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।