स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाैँ : अध्यक्ष भण्डारी

Share Icon

१९ असाेज, काठमाडाैँ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ कि मी टाढा उत्तर पुर्वि दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग कि मी रहेको छ ।

गाउँपालिका भौगोलीक अवस्थितिका हिसावले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड उत्तरदेखी २९ डीग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डीग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डीग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएको छ ।

यस गाउँपालिकाको सिमाना पुर्वमा मुगु जिल्ला,पश्चिममा वझांङ जिल्ला, उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेको छ ।

गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित हिमाली गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष इन्द्र गुरूङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

हिमाली गाउँपालिका वडा नं.६ मा पालिकाबाट जम्मा बजेट ७० लाख, प्रदेशबाट ५ लाख र संघबाट १० लाख बजेट विनियाेजन गरेकाे वडा अध्यक्ष प्रेम लाल भण्डारीले जानकारी दिनुभयाे ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष प्रेम लाल भण्डारी ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयोे ।

वडा अध्यक्ष भण्डारीले भन्नुभयो, “पहिलो वर्षमा रहेका आधा अधुरा कामहरु सम्पन्न गर्नको लागि निरन्तर लागि परेका छौ ।”

वडा अध्यक्ष भण्डारीले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु गरेका छौँ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ ।

वडा अध्यक्ष प्रेम लाल भण्डारीले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.