Share Icon

११ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित विगु गाँउपालिका वडा नं. ५ का काले शेर्पा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा विगु गाँउपालिका वडा नं. ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय विगु गाँउपालिका वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष काले शेर्पा अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष शेर्पाले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानिय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय वडा नम्बर ५ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडामा शिक्षा र बिजुली बत्तीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामह तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकता शिक्षा र बिजुलीलाई दिएसँगै शिक्षा क्षेत्रमा विद्यार्थीहरुलाई कम्प्युटर सिकाउने र खेलकुद कार्यक्रम गर्ने योजना रहे सँगै शिक्षालाई गुणस्तर बनाउन हामीले पहल गरीरहेका छौँ, र बिजुली बत्तीकोलागि तार तथा पोलहरुको काम भइरहेको छ ।

उहाँले युवा, महिला तथा लक्षित वर्गहरुको लागि के कस्तो कार्यक्रम राख्ने बारे वडामा छलफल भइरहेको बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष शेर्पाले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon