Share Icon

 ११माघ, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्।

यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ ।

भूमे गाउँपालिकामा वडा नम्बर ८का वडा अध्यक्ष दिनेश रोका मगर स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय वडा नम्बर ८ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगरले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको जानकारी वडा ८ का अध्यक्ष मगरले बताउनुभयोे ।

अध्यक्ष दिनेश रोका मगरले पहिले सामाजिक संस्थामा आबद्ध भएर काम गरेको हुनाले वडाको कतिपय कामहरू गर्न सहज भएको बताउनुुभयो।

हाम्रो वडामा बाटोको बिशेष समस्या रहेको अहिले हाम्रो केही राम्रो सम्बन्ध बिस्तारका कारणमा पनि उहाँहरुले निशुल्क रुपमा बाटो बिस्तारमा जे.के कन्टसन र सन्तोस निर्माण सेवाले हामीलाई सहयोग गर्नुभएको छ ।

हामीले वडा तथा पालिकाको सहयोगमा तेलको व्यबस्था गरेको वडा अध्यक्ष मगरले बताउनुभयो । त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी वडामा अहोरात्र खटिरहेका छौ अध्यक्ष दिनेश रोका मगरले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon