Share Icon

७ चैत्र, काठमाडाैं । बाँकेकाे राप्ती सोनारी वडा नम्बर ३ ले भुमिहीन तथन सुकुम्बासीलाई लालपुर्जाको निस्सा वितरण गरेकाे छ । वडा नम्बर ३ ले एक कार्यक्रमकाे आयाेजना सोमबार लालपुर्जाको निस्सा वितरणकाे कार्यक्रम सम्पन्न गरेकाे हाे ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण थालिएको वडा अध्यक्ष मिन कुमार थारूले बताउनु भयाे ।

वडा नम्बर ३ का २६ भूमिहीन दलित, ३९ भूमिहीन सुकम्बासी र ७२५ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको वडा सचिव बुद्धिराज भण्डारीले जानकारी दिनुभयाे ।

वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्त बहादुर पाैडेल, उपाध्यक्ष मनिषा सिंह थारू र राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्षलगायतकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon