Share Icon

२४पाैष,काठमाडाैं। नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो ।

यस नगरपालिकामा साबिकका सानोश्री, ताराताल, सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ ।

हाल यस नगरपालिकामा ९ वटा वडा रहेका छन् । वडा नम्बर २ मा १०१४ घरधुरीमा कुल जनसंख्या ६०२९ रहेको छ ।

नेपालको बागमती प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय मधुवन नगरपालिका वडा नम्बर २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष आशाराम थारू अहोरात्र खटिरहनु भएको छ ।

उँहाले भन्नुभयो, ‘हामीले उपभोक्ता समिती गठन गरेर विकास योजनाका कामहरु अघि बढाएका छौँ ।’

त्यसैगरी वडामा रहेका युवा तथा महिलाहरुलाई लैङगीक हिंसा सम्बधी सोह्र दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले वडामा विशेष प्राथमिकता जनताको माग अनुसार सडक र कृषीलाई दिएका छौँ ।’

सडकलाई प्राथमिकता दिए सँगै सडकमा कालोपत्रे गर्ने काम माघ महिना देखी सुरु हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा दुई वटा विद्यालयहरुलाई एउटा विद्यालयलाई वडाबाट र अर्काे विद्यालयलाई नगरबाट बजेट विनीयोजन गरेर विद्यार्थीहरुलाई पढ्दै  सिक्दै कमाउने उदेश्यका साथ च्याउ उत्पादन गर्ने तालिम प्रदान गर्ने कार्यक्रम २१ गते बाट सुरु गरीएको छ् ।’

त्यसैगरी कृषी क्षेत्रमा भने वडामा सिचाईको अवस्था एकदमै कम रहेकोले विभिन्न संस्थाहरु सँग समन्वय गरेर सिचाईमा डोरको लागी जोड दिएको बताउनुभयो ।

दुई ओटा टोलहरुलाई वडाबाट र नगरबाट कृषीलाई आधुनीकीकरण गर्नको लागी जोड दिदै बिउबिजनको लागी बजेट विनीयोजन गरेको र तालिमहरुको पनि व्यवस्था रहेको उहाँले बताउनुभयो ।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन् ।

उहाँले युवाको लागी माघ महिना देखी कम्प्युटर सिकाइ सुरु हुने र महिलाहरुको लागी भने महिलाहरु सँगै छलफल गरेर उँहाहरुको माग अनुसार योजना बनाउने बताउनुभयो ।

उहाँ निर्वाचित हुनु भन्दा अगाढी व्यवसाय पेशामा आबद्ध रहेको बताउनुभयो । वडाबासीहरुले पुर्ण रुपमा साथ र सहयोग गरेको कारण वडामा काम गर्न कुनै कठिन नभएको पनि उहाँले बताउनुभयो ।

उहाँले वडामा काम गर्न सहज सँगै चुनौती पनि रहेको बताउनुभयो । वडा अध्यक्ष थारू भन्नुहुन्छ, ‘आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रीत गरेर आफ्नो वडालाई समृद्धी र विकास तर्फ लैजाने योजना रहेको छ ।’

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई अमुल्य भोट दिएर वडा अध्यक्ष पदमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ का वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon