Share Icon

♠ हस्ता विष्ट

२६ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भानु नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

भानु नगरपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष श्रेष्ठ अहोरात्र खटिरहनुभएको छ ।

भानु नगरपालिका वडा नं. ७ मा पालिकाबाट जम्मा बजेट ७० लाख, प्रदेशबाट १५ लाख र नगरबाट ३० लाखको बजेट विनियोजन गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ” वडामा रहेको बाटोहरुको क्षेत्रमा स्तरउन्नति गर्दै कालोपत्रे गर्नको लागि टेन्डरको तयारी गरिएको छ । ”
त्यसै गरी विद्युतको क्षेत्रमा सामुदायिक विद्युतलाई प्राधिकरणमा बुझाउदा समितिले ठेकेदारबाट हस्तान्तरण र सम्झौता पत्र नभएकोले कामहरु पेन्डिङमा रहेको वडा अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” वडा कार्यालयको भवन निमार्णको काम लगभग अन्तिम चरणमा पुगेको छ । ”

वडा अध्यक्ष श्रेष्ठ निर्वाचित हुनुभन्दा पहिले शिक्षण पेसामा आबद्ध रहेर ८ वर्षको कार्यकाल बिताएर पुन. बैदेशिक रोजगारीको लागि ईजरायल गएर आईसकेपछि निरन्तर समाज सेवामा लागेर अहिले जनताको विकास र समृद्धिको लागि निरन्तर लागि परिरहनुभएको छ ।

उहाँले भन्नुभयो,  ” वडामा शिक्षालाई पहिलो प्राथमिकता दिए साथसाथै वडामा रहेका सामुदायिक विद्यालयको भौतिक संरचना मर्मत सम्भार र विद्यालयको भवनको निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरिएको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा लगभग वडाबासीहरुको घर घरमा लिफ्टिङबाट खानेपानी पुराईसकेको र बाकी नपुगेको ठाउँमा पुराउनको लागि तीव्र गतिमा काम अगाडि बढाई रहेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई सहजै आधारभुत स्वास्थ्य सेवा सुबिधाहरु उपलब्ध गराईरहेको उहाँले बताउनुभयो ।

त्यसै गरी धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रसिद्ध रहेको थानिमाई पबित्र मन्दिर जाने बाटो कालोपत्रे गर्नको लागि बृहत रुपमा काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा महिलाहरुलाई लक्षित गर्दै बाख्रा पालन, मौरी पालनको तालिम सम्पन्न गरेको र ६५ दिने भेटेनरी ए लेभलको तालिम सञ्चालन भईरहेको छ । ”

त्यसै गरी युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदहरु भलिबल कार्यक्रमहरु सम्पन्न गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon