Share Icon

काठमाडाैं । मधेश प्रदेश बाराको आदर्श काेटवाल गाउँपालिकास्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् हरि नारायण प्रसाद कुशवाहा।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा अध्यक्ष कुशवाहाले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे ।

वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष कुशवाहाले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ ।

उहाँले अहिले वडाभित्र शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वडामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिएर महिला र बाललिकाहरुको लागि हामी काम गरिरहेका छौँ।’

साथै उहाँले बजार र गाउँलाई थप साैन्दर्यतामा परिणत गर्नकाे लागि विशेष याेजना बनाइएकाे जानकारी दिनुभयाे ।

त्यस्तै उहाँले वडाभित्र सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको बताउनु भयो। वडाका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।

उहाँले वडामा रहेका स्थानीयवासीको मुख्या पेसा कृर्षि भएकाले कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । कृषिलाई सफल बनाउन सिँचाइकाे लागि विद्युतीयकरणका काम जाेडताेडले भइरहेकेाे वडा अध्यक्ष कुशवाहाले जानकारी दिनुभयाे । त्यस्तै विद्युत पुग्न नसकेकाेकाे स्थानमा साेलार प्यानलकाे व्यवस्था गरिएकाे वडा कार्यालयले जनाएकाे छ ।

त्यसैगरी खेलकुद क्षेत्रलाई बढावा दिन  युवाहरूलाई खेलकुद सामाग्री वितरण गरिएकाे उहाँले बताउनु भयाे । त्यस्तै माओवादी युद्धकालदेखि नै चलिआइरहेको निमावि विद्यालयलाई यो वर्ष माविमा परिणत गराउन सफल भएको वडा अध्यक्ष कुशवाहाले बताउनु भयो ।

उहाँले भन्नुभयाे, अहिले याे माविमा वडा कार्यालयद्वारा चार जना स्वमसेवक राखिएकाे छ, साथै विद्यार्थीकाे अध्ययनका टेवा पुग्ने उद्देश्यले ल्याबकाे स्थापना गरिएकाे छ।’

वडा विकास निर्माणको काममा एक नम्बरमा रहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,’चुनवामा गरिएको प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएको छ।’

उहाँले भ्रष्टाचार हुन नदिन हरेक योजनानमा अनुगमनलाई तीव्रता दिइएको बताउनु भयो । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर योजना बनाइएको बताउनु भयो । वडा अध्यक्ष कुशवाहाले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon