बाँके राष्ट्रिय निकुञ्जका सुरक्षकर्मीहरूले बिना कारण वडावासीलाई दु:ख दिइरहेका छन् : वडा अध्यक्ष खड्का

Share Icon

काठमाडाैं । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडावासीलाई बाँके राष्ट्रिय निकुञ्जका सुरक्षकर्मीहरुले बिनाकरण दुःख दिइरहेको प्रति वडा कार्यालयले आपत्ति जनाएको छ । वडा अध्यक्ष यम बहादुर खड्काले निकुञ्जका सुरक्षकर्मीहरुले वडावासी बिनाकरण दुःख दिइरहेका बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बस्तीमै निकुञ्जका सेना तथा सुरक्षकर्मी आएर वडावासीलाई धम्क्याउने गरेका छन्, बिभिन्न बहानामा उनीहरुले वडावासीहरुलाई दुःख दिने काम मात्रै गरेका छन्।’

उहाँले निकुञ्जका सेना तथा सुरक्षकर्मीहरुले वडावासीको बिना जानकारी घरखानतलास गर्ने, पुख्र्यौली माछा मार्ने राप्ती नदिको बालुवा धोइ सुनचाल्ने जस्ता लक्षितबर्गका समुदायमा जबर्जस्ती धडपकड गर्ने, सुनधुने वा माछामार्ने सामान्य घरेलु हतियार (सामाग्री) कब्जा गर्नुका साथै नस्ट लगायतको कार्यप्रति वडा कार्यालयले घोर आपत्ति जनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालका विभिन्न संरक्षित क्षेत्रहरुमध्ये बाँके राष्ट्रिय निकुञ्ज एक हो, यस निकुञ्जको उत्तर दक्षिण र पश्चिममा मानव बस्ती छ जसलाई मध्यवर्तीको नामाकरणले छुट्याइएको छ तर त्यहाँ पनि निकुञ्जका सेना तथा सुरक्षकर्मीहरु गएर बेला बेला वडावासीहरुलाई दुःख दिने गरेका छन्।’

स्थानीय जनप्रतिनिधिले निकुञ्ज प्रशासनसँग समस्याको न्युनीकरणका लागि छलफल गर्न समय माग गर्दा वेवास्ता गरिएको उहाँले बताउनु भयो । यस विषयमा निकुञ्जका सूचना अधिकारी डा. गणेश पन्तसँग कुरा गर्न खोज्दा फोन उठेन ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.