वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष गुरुङ

Share Icon

माघ ११, काठमाडाैँ । गाेरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ८ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिम भईरहेका छन ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष शरण गुरुङले बताउनुभयो ।
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य, खानेपानि, कृषि, सरसफाई,बाटो सडक, विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निर्माणका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले सर्वप्रथम वडामा गरेको भनेको काम जेष्ठ नागरिक तथा अपांगहरु दिने सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गर्ने काम सम्पन्न गरेका छौ ।

उहाँले भन्नुभयो ,वडामा पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई दिदै बसाईसराईको कारणले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेकोले कसरी विद्यार्थीलाई सामुदायिक विद्यालयमा ल्याउन सकिन्छ त्यसको लागि अभिभावकको भेला गरेर जनचेतनामुलक कार्यक्रम गर्ने ,घरदैलो कार्यक्रम गर्ने र सकेसम्म महिना महिनामा निशुल्क स्वास्थ्य परिक्षण गर्ने योजनामा राखेका छौ ।

त्यस्तै खानेपानिको खण्डमा घरघरमा धारा नपुगेको ठाउँमा पुराउने काम भईरहेको छ । यस वडामा कृषिको हिसाबमा जंगली जनावर बादरले लगाइएको अन्न बाली ,फलफुलहरु नष्ट गरिदिने ,खाईदिने निकै ठुलो समस्या रहेको उहाँले बताउनुभयो ।
उहाँ पहिले भारतिय सेनाबाट अबकास प्राप्त साथसाथै अहिले यातायात विभागमा आबद्ध भएर संसगै वडा अध्यक्षको कार्यभार समाल्दै समाज सेवा गरिहनुभएको छ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
। वडा नम्बर ८ प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.