Share Icon

हस्ता विष्ट
९ जेठ, काठमाडाैँ । स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारको मिती २०७३.११.२७ को निर्णयानुसार यस नगरपालिकाको गठन भएको हो ।

संघियता लागु भए संगै साबिकको २०७१ . ०१ .२५ को मन्त्रिपरिषदको निर्णय अनुसार चापाकोट, कुवाकोट र रत्नपुर गा.बि. स. मिलेर बनेको चापाकोट नगरपालिका (९ जसमा १४ वटा वडा छन ) मा पकवादी गा. बि. स. को ८ नं वडा, मल्याङ्गकोट गा. बि. स.को ८ वटा वडा, सांखर गा. बि. स. र सेखाम गा. बि. स. थपेर गठन भएको यस नगरपालिका मा हाल १० वडा रहेका छन्।

भौगोलिक रुपले सुन्दर नगरी चापाकोट नगरपालिका जसको क्षेत्रफल १२०।५९ वर्ग कि। मि। र जनसंख्या २६०४२ रहेको छ । यस चापाकोट नगरपालिकाको पुर्वमा तनहुँ जिल्ला,पश्चिममा गल्याङ नगरपालिका स्याङ्गजा, उत्तरमा हरिनाश गाउँपालिका र विरुवा गाउपालिका स्याङ्गजा र दक्षिणमा पाल्पा जिल्ला रहेकोछ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित चापाकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तारा पोख्रेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

चापाकोट नगरपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तारा पोख्रेल ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पोख्रेल अहोरात्र खटिरहनुभएको छ ।

चापाकोट नगरपालिका वडा नं. ६ मा जम्मा बजेट नगरबाट ३५ लाख, प्रदेशबाट १ करोड ९७ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष तारा पोख्रेलले प्रष्ट पार्नुभयो ।

वडा अध्यक्ष पोख्रेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष पोख्रेल निर्वाचित हुनभन्दा निरन्तर स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको सामाजिक परिचालकको रुपमा रहेर निरन्तर समाज सेवा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पोख्रेलले बताउनुभयोे ।

वडा अध्यक्ष पोख्रेलले भन्नुभयो, वडामा कृषिलालाई व्यवसायमय बनाउनको लागि वडामा रहेको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै होचो भागमा कागति र माथिल्लो भागमा सुन्तला र कफि लगाउने तयारीमा रहेकोे छ ।
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने र आधुनिक शिक्षण प्रणालीहरु लागु गर्न विशेष जोड गरेकोे उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, भौगोलिक विकटताको कारणले आफुले सोचे जस्तो काम गर्न सकिएको छैन ।

उहाँले थप्दै भन्नुभयो, बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान र कालोपत्रे गर्ने कामहरु भईरहेको छ ।

उहाँले भन्नुभयो, खानेपानीको क्षेत्रमा वडाबासीको घरघरमा पुर्णरुपमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ ।

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको र विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको व्यस्था गरेको वडा अध्यक्ष पोख्रेलले बताउनुभयो । त्यस्तै युवाहरुलाई लक्षित गर्दै वडास्तरीय खेलकुदको लागि खेलकुद सामाग्रीहरु वितरण गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तारा पोख्रेलले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon