भाैगाेलिक विकटताले काम गर्न गठिनाइ भयाेः अध्यक्ष ङावा शेर्पा

Share Icon

८ असाेज, काठमाडाैं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो।

यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका हो। जम्मा सात वटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६ सय १ रहेको छ । यो गाउँपालिका ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उमाकुण्ड गाउँपालिकाको केन्द्र हाल वडा नम्बर ४ प्रितीको च्यादलुमा रहेको छ ।

उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका उत्तरमा सोलुखुम्बु र दोलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्दिमा निकै ठूलो चुनौती देखिन्छ । विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानीय सरकार आएसँगै विकास निर्माणले गति लिन थालेको छ ।

उमाकुण्ड गाउँपालिकाको समृद्दिको आधार भनेको कृषि,पर्यटन र जलश्रोत नै हो। उमाकुण्ड गाउँपालिका धार्मिक, ऐतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका हो । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी र जट्टापोखरि लगायतका महत्वपूर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै हो। त्यस बाहेक उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक तथा धार्मिक स्थल तामेडाँडाक्षेत्र उमातिर्थ मन्दिर , विभिन्न चण्डी मन्दिर लगायतका धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेका छन् ।

गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थलहरु रहेका छन् । जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिकामा धेरै सम्भावना रहेकाे छ ।हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ ओटा भन्दा बढी हाइड्रोपावरहरु निर्माण भैरहेको छ । अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगायतको समेत काम भैरहेको छ।

कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा नम्बर १ गुम्देल लगायत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ । उमाकुण्ड गाउँँपालिकामा कृषिमा आलु किवी अलैंची र चिया लगायतका नगदे बालीको प्रशस्त खेती भैरहेको छ । उमाकुण्ड गाउँपालिका बहुमूल्य जडिबुटीको भण्डारको रुपमा पनि परिचित गाउँपालिका हो।

उमाकुण्ड गाउँपालिका-१ का वडा अध्यक्ष ङावा तिन्डु शेर्पाले भाैगाेलिक विकटताका कारण साेचे जस्ताे विकाश निर्माणकाे काम गर्न नसकेकाे बताउनुभएकाे छ । अध्यक्ष शेर्पाले शिक्षा, स्वास्थ्य, खानेपानी,यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा भाैगाेलिक विकटताका कारण साेचे जस्ताे विकाश निर्माणकाे काम गर्न नसकेकाे बताउनुभएकाे हाे । जसका कारण तीव्र गतिमा विकाश निर्माणले गति लिन नसकेको उहाँको तर्क छ ।

साथै आर्थिक वर्ष २०८०/ ०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले ४७ लाख रुपैयाँ र प्रदेश सरकारले १६ लाख रुपैयाँ दिएको उहाँले बताउनुभयाे ।  तर जतिसुकै कठिनाइ भएता पनि निर्वाचनको समयमा जनताकोबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने उहाँको भनाइ छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.