पाकिस्तानको चुनावी नतिजाबिच सेना प्रमुखले भने, ‘स्थिर सरकारको आवश्यकता छ’

इस्लामाबाद । पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले आम चुनाव २०२४ सफल रूपमा सम्पन्न भएकोमा जनतालाई बधाई दिएका छन्। उनले अराजकता र विभाजनको राजनीतिबाट देशलाई अगाडि बढाउन स्थिर सरकारको आवश्यकता रहेको बताए ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार सेना प्रमुखले २५ करोड जनसंख्या भएको विकासशील पाकिस्तानका लागि विभाजन र अराजकता राम्रो नभएको बताए । उनले चुनाव जित–हारको कुरा नभएर जनताको जनादेश निर्धारण गर्ने अभ्यास भएको बताए ।
मुनीरले राजनीतिक दलका नेता तथा कार्यकर्ताले व्यक्तिगत स्वार्थ छाडेर सरकार र जनताको सेवा गर्ने प्रयास गर्नुपर्ने बताए । लोकतन्त्रको वास्तविक अर्थ यही भएको उनको जिकिर थियो ।
यो पनि
पाकिस्तान चुनाव : एआईमार्फत सन्देश जारी गर्दै इमरान खानले के भने ?
पाकिस्तान चुनाव : एआईमार्फत सन्देश जारी गर्दै इमरान खानले के भने ?
पाकिस्तान चुनाव : नवाज शरीफले भने- मिलेर सरकार बनाउन तयार छौँ
पाकिस्तान चुनाव : नवाज शरीफले भने- मिलेर सरकार बनाउन तयार छौँ
जनरल असिम मुनीरले पाकिस्तानका जनताले पाकिस्तानको संविधानमा आफ्नो विश्वास देखाएको र अब राजनीतिक परिपक्वता र एकताका साथ काम गर्नु सबै राजनीतिक दलको कर्तव्य भएको बताए । सेना प्रमुखले हालैको निर्वाचनले राजनीतिक र आर्थिक स्थायित्व ल्याउने र यसले पाकिस्तानमा शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
पाकिस्तानको नेशनल एसेम्बलीको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउने क्रम जारी छ । अहिलेसम्मको नतिजामा इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका ८७ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन)का ७४ उम्मेदवार विजयी भएका छन् ।
पीपीपीले ५१ सिटमा जित हासिल गरेको छ भने अन्य उम्मेदवारले ३५ सिटमा जित हासिल गरेका छन् । पाकिस्तानको निर्वाचन आयोगले अहिलेसम्म अन्तिम नतिजा घोषणा गरेको छैन ।