नेपालकै नमुना वडा भएको अध्यक्ष चौधरीकाे दाबी
२२ मंसिर, काठमाडौं। नेपालको सुदूरपश्चिम प्रदेश कैलालीकाे टिकापुरस्थित वडा नम्बर ६ काे अहिले विकासले मुहार फेरिएको छ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बलिराम चौधरीले बन्नुभएकाे छ ।
विकास निर्माणका कार्यमा जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन् ।
उहाँले सम्रग वडाबासीकाे आर्थिक उन्नतिकाे लागि विभिन्न याेजनाहर अघि बढाइरहेका छन् ।
साेही कारण स्थानीयहरू हर्षित हुर्दै उहाँका भरपुर साथ दिइरहेका छन् ।
उहाँले भन्नुभयाे, ‘पहिलेकाे कार्यकाल भन्दा अहिलेकाे कार्यकाल अझैं सहज छ ।’
उहाँ कहिल्यै विकास निर्माणका कार्य गरेर निरास वा आलस्य हुनु भएन उहाँमा भएको काम प्रतिकाे लगावका कारण होला वडाको मुहार फेरिएको छ।
अन्य वडामा उपभोक्ता समिति समेत गठन नगरेका बेला उहाँले भने गठन गरी तालिम समेत प्रदान गर्नुभएकाे छ ।
साथैँ किसानका लागि गहुँ विउ वितरण गरेकाे र गहुँ खेती सिचाईका लागि बोरिङ्ग टेन्डर आवहान गरेको र अब भने बोरिङ्ग वितरण गर्न तालिम बाँकी रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘ हामीले वडामा इन्सिच्युट चलाएका छाैँ, जसमा ६८ जना विद्यार्थीहरूले कम्प्युटर शिक्षा लिक्षरहेका छन् ।’
नेपालमै नमुना वडा भएको दाबी समेत उहाँले गर्नूभयो । उहाँकाे रफ्तार यति छ कि सम्पुर्ण पास भएका योजनाहरु माघसम्म सक्ने लक्ष्य रहेको र थप स्थानीय, प्रदेश र संघमा योजना पेश गर्ने वडा खवरसंग कुरा गर्दौ उहाँले बताउनुभयो ।
यसअघिको २०७४ सालको कार्यकालमा पनि वडाध्यक्ष चौधरीले गरेका कामकाे आधारमा जनताहरूले पन: यसपटक निर्वाचित गरेका छन् ।
पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ ।
उहाँले भन्नुभयाे, ‘मलाई लाग्छ अब ५ वर्ष पछि आउने वडा अध्यक्षले वडा नम्वर ६ मा कालाेपत्रे गर्न बाँकी सडक कहाँ छ, खाेज्न नपर्ने अवस्था आउछ।’
वडाध्यक्ष चौधरीले वडाका कार्य गर्न मलाई अहिले झनै सहज भएको बताए । उहाँले भन्नुभयाे, ‘वडाका सम्पुर्ण कार्यहरु अव कस्तो गर्दा के हुुन्छ ? सबै बुझिसकेको हुनाले पनि वडामा काम गर्दा कुनै गाह्रो छैन।’
उहाँले वडाका प्रत्येक घर नम्बरसहित पुरा विवरण हेर्न मिल्ले गरी एउटा सप्टवयर निर्माण गर्न लागेकाे बताउनु भयाे ।
वडा अध्यक्ष चौधरीले भन्नुभयो, ‘बाटोघाटो, जनचेतना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू जनतामाझ जोडेर अघि बढ्ने र वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर आफुहरू कार्य अगाडि बढाएका छाैँ। ‘
उहाँले पहिलो कार्यकालमा सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।’
उहाँले सबैलाई समेटेर सम्रग वडाकाे विकास निर्माणका कार्य गर्ने योजना रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘कहिलेकाही आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैव लागि पर्ने छु।’








