कृषिलाई व्यवसायीमुखी बनाउदै अध्यक्ष गिरी
७ फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्लामा अवस्थित सिद्धलेक गाउँपालिका स्थानिय निकायको पुनः संरचनाअनुसार सिद्धलेक गाउँपालिका साविकका नलाङ सलाङ र कुम्पुर गा.वि.स.हरु समेटि बनेको छ । यस गाउँपालिकामा ७ वटा वडाहरु निर्माण गरिएको छ ।
धादिङ जिल्लामा अवस्थित सिद्धलेक गाउँपालिका वडा नं. ७ का सानो गिरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर सिद्धलेक गाउँपालिका वडा नं. ७ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।
पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थीत वडा नं. ७ ले विकासको फड्को मारिहेको छ ।
वडा अध्यक्ष गिरीले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।
उहाँले भन्नुभयाे, “हामीले पछिल्लो समय वडा नम्बर ७ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएका छाैँ ।”
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले थानीय तहको निर्वाचन पश्चात गत वर्षको वार्षिक बजेटअनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”
वडामा सडकलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष गिरीले भन्नुभयो, “हामीले वडामा सडकलाई विशेष प्राथमिकता दिएसँगै वडामा चक्रपथ निर्माण गरेर बाँकी रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत गर्दै सडकहरुलाई बाह्रै महिना सञ्चालन हुने गरी कालोपत्रे गर्ने योजनामा छौँ ।”
वडामा खानेपानीको समस्या भएको ठाउँहरुमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा एक घर एक धारा बनाउने अभियानका साथ डि.पि.आर. गर्ने कामहरु भइरहेको अध्यक्ष गिरीले बताउनुभयो ।
उहाँले वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेसँगै वडामा रहेका वृद्धवृद्धाहरुको निशुल्क उपचारको लागी डाटा संकलन गर्ने काम भइरहेको बताउनुभयो ।
वडा अध्यक्ष गिरीले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयहरुलाई बाल शुलभ र बालमैत्री बनाउने उद्देश्यका साथ शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।
उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा रहेका खेतीयोग्य जमीनहरुको माटो परीक्षण गरेर बालीनाली लगाउने र किसानहरुलाई अनुदान दिने योजनामा समेटेको बताउनुभयो
त्यसैगरी कृषि क्षेत्रलाई व्यवसायमुखी बनाउन कृषि सहकारी संस्थाहरुसँग समन्वय गरेर वडामा सामुहीक खेतीका गर्नका लागी पचास प्रतीशत सहुलीयत दरमा ऋण प्रदान गर्ने र कृषि सम्बन्धी तालिमहरु प्रदान गर्ने कामहरु भइरहेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष गिरीले भन्नुभयो, “हामीले वडामा रहेका अत्यन्त पिछाडीएका एकल तथा दलीत महिलाहरुलाई पशुपन्छी व्यवसाय सञ्चालन गर्नका लागी सय प्रतीशतको अनुदान दिने व्यवस्था मिलाएका छौँ ।”
उहाँ निर्वाचीत हुनु भन्दा अघि सामाज सेवामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष गिरी भन्नुहुन्छ, “म आफ्नो पाँच वर्षीय कार्यकाल भित्र आफ्नो वडा सडकहरुलाई कालोपत्रे गर्दै एम्बुलेन्स व्यवस्था गरेर वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।