Share Icon

२२ जेठ,काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको दक्षिणमा पर्ने महाशिला गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछ ।

विश्व मानचित्रमा २८० ०३’ ०७” देखि २८० ०८’ ००” उत्तरी अक्षांश र ८३० ३७’ ०६” देखि ८३० ४३’ ५७” पूर्वी देशान्तरसम्म यो गाउँपालिका अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको छ । यहाँको जनसंख्या ९८५७ रहेको छ ।

यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा गा. वि. स को वडा न. ७ र ८ मिलेर बनेको हो । यस गाउँपालिकाको केन्द्र साबिकको बालाकोट गा.वि. स. भवनमा रहेको छ ।

गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित महाशिला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष गोवन्द बहादुर वि.क.ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

महाशिला गाउँपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष गोवन्द बहादुर वि.क.।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष वि.क.अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष वि.क.ले भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष वि.क.निर्वाचित हुनभन्दा पहिले निरन्तर समाज सेवामा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष वि.क.ले बताउनुभयोे ।

वडा अध्यक्ष वि.क.ले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र स्वास्थ्य लाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कालोपत्रे गर्ने कामहरु भईरहेको छ । ‘

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र प्राविधिक लाइनको समस्या रहेकोले स्वास्थ्य केन्द्रमा जेनेरेटरको व्यवस्था गरेको वडा वि.क.ले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजन वितरण गरेको, सुन्तला खेतिको लागि विशेष पहल गरेका छौँ । ‘

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा सम्पृर्ण वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

वडा अध्यक्ष गोवन्द बहादुर वि.क.ले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon