Share Icon

♠हस्ता विष्ट
२३ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

सुन्दरबजार नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयोे ।

वडा अध्यक्ष न्यौपानेले भन्नुभयो,  ” वडामा प्रधानमन्त्रि रोजगार मार्फत सिढी बाटोको निमार्ण गर्ने, बाटोको स्तरउन्नति गर्ने , ग्राभेल गर्ने, बाटोको नयाँ ट्रयाक खोल्ने , नालि बाटो बनाउने कामहरु सम्पन्न भएको छ । ”

खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि वडाबाट बृहत रुपमा काम भईरहेको उहाँले बताउनुभयो । त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउनको विभिन्न तरकारीहरुको विउँ विजन वितरण गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा मर्मत सम्भार गरे साथसाथै भवन निमार्ण गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु मौरी पालन, बाख्रा पालन तालिम दिएर उन्नत जातको बाख्राहरु वितरण गर्ने योजनामा रहेको उहाँको भनाई छ ।

त्यसै गरी युवाहरुलाई लक्षित गर्दै विभिन्न वडा स्तरीय खेलकुद फुटबल, भलिबल खेलहरु सम्पन्न गरेको र मध्य पहाडी लोकमार्ग करिडोरमा खेलकुदको लागि मैदान निमार्ण भईरहेको वडा अध्यक्ष अधिकारीले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा साना तिना योजनाहरु धेरै रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ । ”

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon