Share Icon

♠ध्रुब कार्की

१६ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोटमा जिल्लामा स्थित विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ ।

विदुर नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३.११.२७ बाट संचालनमा आएको हो ।

१३ वडामा विभाजित विदुर नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूर्ण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर गठन भएको छ ।

विदुर नगरपालिका स्थित १२ नम्बर वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा उपिन्द्र खड्का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय विदुर नगरपालिका स्थीत वडा नम्बर १२ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष खड्का अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर १२ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”

वडामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै हामीले वडामा रहेका विद्यालयका विद्यार्थीहरुलाई दुर्घटना बिमा गर्दै शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

त्यसैगरी स्वास्थ्यको क्षेत्रमा हामीले वडामा रहेका वृद्धवृद्धाहरुको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने समयमा उहाँहरु घरदैलोमा गएर स्वास्थ्य परीक्षण गर्दै भत्ता वितरण गर्ने गरेसँगै स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरूलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

आउने बर्षमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडामा रहेका खेतीयोग्य जमिनहरुको माटो परीक्षण गरेर वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन बालीनाली लगाउने योजना रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष खड्काले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गर्दै प्रदेश, संघ, पालिका र वडाको बजेटहरुले अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती तथा कालोपत्रे गर्ने काम गरीरहेका छौँ ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि पर्यटन व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष खड्का भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र वडाबासीहरुको समस्यालाई सामाधान गर्दै सडक लगाएत अन्य क्षेत्रहरुमा विकास गर्दै आफ्नो वडालाई सुन्दर समृद्धि बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर १२ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १२ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon