Share Icon

♣ हस्ता विष्ट 

११ फागुन, काठमाडाैँ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ३१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३१ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नंं.३१ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष ढकनाथ कडेल ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष कडेल अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष कडेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कडेलले बताउनुभयोे ।

उहाँले भन्नुभयो,  ” वडामा बाटो, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै बाटोको क्षेत्रमा ढलान गर्ने र कालोपत्रे गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा विद्यालयमा जान सहजको लागि सिढी बाटो निमार्ण गर्ने, विद्यार्थीहरुलाई भाडाको व्यवस्था गरेको र कक्षा ११ र १२ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको लागि वडाबाट राहात स्वरुप विद्यालयमा बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा वडाको दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुच नपुगेको ठाउँमा स्वास्थ्य चौकीको भवन निमार्णको लागि विशेष जोड दिएको वडा अध्यक्ष कडेलको भनाई छ ।

त्यसै गरी कृषिको क्षेत्रमा कृषि उत्पादन बढाउनको लागि कृषि जन्य औजारको व्यवस्था गर्ने र विभिन्न तरकारीका विउँविजनहरु वितरण गर्ने योजनामा राखेको उहाँले जानकारी दिनुभयो ।

महिला तथा बालबालिकाहरुलाई मध्यनजर गर्दै विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा साना तिना योजनाहरु धेरै रहेका छन् । उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ३१ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३१ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon