खेलकुदमा सहयोग गर्न राजापुर वडा नम्बर ४ सधै तयार रहने अध्यक्ष पाेख्रल

Share Icon

♦सागर परियार

बर्दिया राजापुर।  ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा अइतबार राजापुर स्पोर्ट्स क्लबद्वारा महिला भलिबल आयोजना गरिएको थियो ।

राजापुर नगरपालिको आयोजनामा  र गेरुवा गाउँपालिका बीच भएको महिला भलिबल तर्फमा राजापुर नगरपालिकाले बिजय हासिल गरेको छ।

राजापुर नगरपालिको आयोजना गरिएको कार्यक्रमका अध्यक्षता इन्द ध्वज जि.सि, प्रमुख अथिती राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोख्रेल, बिशिस्ट अथिती कृष्ण गोपाल चौधरी अथितीहरू नकुल अग्रवाल,

नारायण पौडेल, बलराम भण्डारी, जनक बहादुर पाल, गोबिन्द सुवेदी, सरद लम्साल लगायतको उत्साह जनक उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोख्रेलले कार्यक्रमलाइ सम्बोधन गर्दै भन्नुभयो, ‘प्रजातन्त्रको दिन स्पोर्ट्स क्लबले आयोजना गरेको मैत्रीपुर्ण खेलकाे प्रशंसा गर्नुभयाे ।’

साथैं सहभागी भाइबहिनीहरुको उज्ज्वल भबिष्यको शुभकामना दिदै आफुले आफ्नो तर्फबाट र वडाको तर्फबाट सधैं खेलाडीहरुका लागि सहयोग ,हौसला प्रदान गर्ने  प्रतिबद्धता अध्यक्ष  पोख्रेलले व्यक्त गर्नुभयो ।

महिला भलिबल मैत्रीपुर्ण खेलको संचालक व्यापार संघका पुर्व अध्यक्ष कृष्ण रेग्मीले गर्नुभएको थियोे ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.