Share Icon

८ फागुन,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा डा माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका डा श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाउनुभएको छ । लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा डा श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।

Facebook Comments Box

Share Icon