Share Icon

२५ मंसिर, काठमाडौं । राजापुर वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष प्रसादु थारु ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुन प्रसादु थारु उहाँ जनमाझ यसरी भिझनु भएको छ कि जनताका हरेक दु.ख , सुख सहजै बझ्ने र समाधान गर्न हरदम लागी नै रहनु भएको छ ।

 हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँलाई वडा नम्बर ३ का युवाहरुको ढुकढुकी भन्दा पनि फरक पर्दैन युवाहरुलाई खेलकुदका माध्यम बाट होस । यात सचेतना कार्यकमका माध्यम बाट होस शसक्त र आत्म निर्भर बनाउन हरदम लागिरहनु नै भएको छ ।

अध्यक्ष थारूले भन्नुभयाे “वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौ । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा नम्वर ३ का बासिन्दाले मलाई गरेको विश्वास र भरोसा म सदैव मेरो कार्यकालमा अझै धरै सुधार र परिर्वतन ल्याउने मेरो इच्छा रहेको छ । म निर्वाचित भइसकेपछि जनताले गरेको अपेक्षा भनेको वडाको विकास उन्नति नै हो । वडामा कालोपत्रे बाटो, पुल, खानेपानी सहज हुनुपर्ने, युवाहरूलाई रोजगारमूलक कार्यक्रमहरू, महिलाहरूको विकास उन्नतिका लागि महिलामैत्री कार्यक्रम सञ्चालन हुन् । हामी जनताका ती अपेक्षालाई पूरा गर्नको लागि तयार छौं र काम पनि थालनी गरिसकेका छौं ।”

आगामी दिनहरुमा यस वडाको चौतर्फि विकास गर्न सदैव लागि पर्ने पहिलेका आधा, अधुरा र थालनी नै नभएका वडा विकास निर्माणका कार्यहरुलार्इ तिब्ब्र गति दिएकाे जानकारी दिनुभयो ।

वडा नम्बर ३ का अध्यक्ष प्रसादु थारुले वडा खबरसँग कुरा गर्दै उहाँले अहिले निर्वाचित भएको ६ महिना भएकोले योजना तथा कार्यक्रमहरू परिषदमा पेस भई पास भईसकेको साथै अव तिब्र गतिमा कार्य अगी बढने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, “बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ।  वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ” ।

अध्यक्ष थारूले भन्नुभयाे “वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौ । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा नम्वर ३ का बासिन्दाले मलाई गरेको विश्वास र भरोसा म सदैव मेरो कार्यकालमा अझै धरै सुधार र परिर्वतन ल्याउने मेरो इच्छा रहेको छ । म निर्वाचित भइसकेपछि जनताले गरेको अपेक्षा भनेको वडाको विकास उन्नति नै हो । वडामा कालोपत्रे बाटो, पुल, खानेपानी सहज हुनुपर्ने, युवाहरूलाई रोजगारमूलक कार्यक्रमहरू, महिलाहरूको विकास उन्नतिका लागि महिलामैत्री कार्यक्रम सञ्चालन हुन् । हामी जनताका ती अपेक्षालाई पूरा गर्नको लागि तयार छौं र काम पनि थालनी गरिसकेका छौं ।”

 वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ?  भनेर साेधेकाे प्रश्नमा उहाँकाे उत्तर । 

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

उहाँले सडक, खेलकुद, सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम गर्ने र गर्दै छु भनेर जानकारी दिनुभयो । उहाँले भन्रुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु”।

उहाँले थप्दै भन्रुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संकल्प हो । म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो”।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हिकका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon