Share Icon

३ माघ काठमाडौं । जनताको स—साना समस्याको समाधान स्थानीय सरकारले गर्छ । स्थानीय सरकारलाई जनताको घर दैलोको सरकार भनेर पनि चिनिन्छ । गत वैशाखको निर्वाचन पछि स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । नवनिर्वाचित जनप्रतिनिधि पायपछि अधिकांस स्थानीय तहहरुले जनताको चाहाना अनुसार काम गर्दै आएका छन् । कतिपय स्थानीय तहहरु भने विभिन्न समस्याहरुमा अल्झिएका छन् ।

लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा रहेको गुलरिया नगरपालिका वडा नम्बर १ मा जोगी राम थारु भारी मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । आफु पहिलादेखि नै समाज सेवामा आवद्ध भएकोले अध्यक्ष पदमा निर्वाचित हुन सहज भएको उहाँको बुझाई छ ।

शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाएको अध्यक्ष थारुले जानकारी दिनुभयो । विशेषगरि सडक, विद्यालय र स्वास्थ्य क्षेत्रका योजनाहरु सुरु गरीएको पनि उहाँले जानकारी दिनुभयो ।

“वडाका कानुनी निर्णय लिने जस्ता कार्यहरु गर्न शुरु—शुरुमा असहज भएको थियो ।” उहाँ भन्नुहुन्छ, “कानुनी निर्णय लिन असहज भएता पनि स्थानीय बासीसँग बसेर कसैलाई काखा कसैलाई पाखा नगरी सर—सल्लाह र छलफलकासाथ सबैलाई समानरुपमा एकसाथ समेटेर अघि बढिरहेका छौं ।”

वडा अध्यक्ष थारु भन्नुहुन्छ, “आफ्नो पाँच वर्षीय कार्यकाल भित्र आफ्नो वडालाई शिक्षा, स्वास्थ्य, सडक कालोपत्रे गर्नुका साथै कृषकहरुको समस्या समाधानका साथै वडालाई चौतर्फी विकास गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउन अहोरात्र खटेर काम गरीरहने अध्यक्ष थारुले प्रतिवद्धता गर्नुभएको छ ।”

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ?

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

Facebook Comments Box

Share Icon