Share Icon

काठमाडाैं । राज्यको पुनः संरचनाले स्थानीय तहको सरकारलाई सिंहदरबार झैँ शक्तिशाली बनाएको छ ।

पालिकाहरुबाट छुट्टै बजेटसमेत प्राप्त गर्दै आएको तल्लो तह वडाले विकास निर्माणको नेतृत्व गरेर गाउँमा सिंहदरबारको अनुभूति गराउन थालेका छन् ।

अछामकाे तुर्माखाँद गाउपालिका वडा नम्बर ८ धमालीमा याे वर्ष विभिन्न बस्तीमा सडक, विद्युत् र खानेपानीको सुविधा विस्तार गरिएकाे छ ।

साेही क्रममा याे वर्ष वडामा विद्युत विस्तार कार्यलाई तीव्रता दिइएकाे छ । वडा अध्यक्ष निरक बहादुर शाहीले विद्युत विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाइएकाे जानकारी दिनुभयाे ।

पालिका क्षेत्र भए पनि सो वडामा विकट भौगोलिक अवस्थाका कारण भौतिक पूर्वाधारको विकास निर्माणमा पछाडि पर्दै आएको थियो । तर जनप्रतिनिधि निर्वाचित भएर आएयता विकासका गतिविधिले तीव्रता पाएको छ।

वडाध्यक्ष शाहीले भन्नुभयो, “ हामी जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि हामीले सडक सञ्जाल विस्तार, खानेपानीको सुविधा र विद्युतीकरणमा प्राथमिकता दिएका छौँ ।”

कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा विकास गर्न वडाले वडावासीसँग साझेदारीको नीति अवलम्बन गरेको छ । “गाउँमा सिंहदरबारको सुविधा पु¥याउने वाचा गरेका थियौँ”, वडाका अध्यक्ष शाही भन्नुहुन्छ, “भौतिक पूर्वाधारको विकास पहिलो आवश्यकता हो भन्ने ठानेर इमानदारीका साथ काम गरेका छौँ । सुशासन र दिगो विकासमा नमूना प्रस्तुत गरेका छौं ।”

Facebook Comments Box

Share Icon