अन्य वडाभन्दा फरक काम गरिरहेका छाैँ : अध्यक्ष न्यौपाने
२५ मंसिर, काठमाडाैं । बर्दिया जिल्लास्थित राजापुर नगरपालिका वडा नम्बर ६ मा प्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएकाे वडा अध्यक्ष अशराज न्यौपाने ।
राजापुर नगरपालिका वडा नम्बर ६ बाट बहुमत प्राप्त गरी जनताले रुचाएका एक अब्बल वडा अध्यक्ष हुनुहुन्छ न्यौपाने।
उहाँ सबै वडा बासीको मन मष्तिस्कमा सहजै बस्न सफल हुनु भएको छ । समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडाअध्यक्ष हुनहुन्छ उहाँ । वडाध्यक्षमा न्याैपाने निर्वाचित भएपछि अहिले राजापुर वडा नम्बर ६ मा विकासले गति लिएकाे छ।
उहाँलाई वडा नम्बर ६ का युवाहरुको ढुकढुकी भन्दा पनि फरक पर्दैन । दशैँमा उहाँले युवा खेल प्रेमीहरुका लागि फुटबल, घैटोफोड, कुर्सीदौड लगायतका कार्यक्रम राखेकाे र सफताका साथ सम्पन भएको उहाँले बताउनुभयाे ।
विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा नम्वर ६ का बासिन्दाले मलाई गरेको विश्वास र भरोसा म सदैव कायम राख्ने र मेराे कार्यकालमा अझै धेरै सुधार तथा परिर्वतन ल्याउने इच्छा रहेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।
उहाँले सडक, खेलकुद, सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम गर्ने र गर्दै छु भनेर जानकारी दिनुभयो । उहाँले भन्रुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’
विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । पहिलेका आधा, अधुरा र थालनी नै नभएका वडा विकास निर्माणका कार्यहरुले तिब्ब्र गति लिएको जानकारी दिनुभयो । वडा नम्बर ६ का अध्यक्ष न्यौपानेले वडा खबरसँग कुरा गर्दै उहाँले अव तिब्र गतिमा कार्य गति बढने समेत बताउनु भयो ।
बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।
महिला लक्षित जनचेतनामुलक कार्यक्रम रहेका समेत जानकारी दिनुभयो । उहाँले सडक, खेलकुद, सांस्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम गर्न र गर्दै छु भनेर जानकारी दिनुभयो ।
चुनाव अघि र अहिले जनताको सहजताको लगि सहज होस भनेर टोलटोलमा घरदैलो अभियान नै सञ्चालन गरेको छु, लगभग यो अन्तिम चरणमा छ, बाँकी १, २ टोलमा मात्र बाँकी होला जान त्यहाँ पनि चाडै जाने छु स्थानीय बासीकाे समस्या के हाे, कसरी अघि बढाउँदा तपाईहरुलाई सहज हुन्छ भनेर उहाँहरुलाई म स्वंयम भेटिरहेको छु।’
उहाँले भन्रुभयो,’स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु । वडाका काम, सेवा प्रवाह, वडाको विकास निर्माण र जनप्रतिनिधि कार्यशैलीप्रति स्थानीय गुनासो मेटाउन ६ नम्बर वडाले जनतासँग वडा अध्यक्षसंग अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको बाहिर टीकाटिप्पणी गर्ने बानीले काम गर्ने सहज वातावरण हुदैँन, वडाअध्यक्ष अशराज न्यौपानेले लागेका गुनासालाई प्रत्यक्ष जनतासँग बसेर मेटाउने र आवश्यक सल्लाह–सुझाव लिएर अघि बढ्ने सोचले कार्यक्रमको गरेको अब चाडै सक्ने र स्थानियबासीलाई वडाकागतिबिधि पहुचमुखी सेवा तिब्र गतिमा प्रदान गर्न बताउनुभयो ।
यसरी नै अबका दिनमा पनि आनुहोस अन्तरक्रिया गरेर आगाडि बढ्नु होला भन्नुभएको छ । जनताका घरदैलोमा गएर अन्तरक्रियायात्मक छलफल हामीले अरुवडा भन्दा फरक कार्यक्रम अगाडि बढाएका छौं । र यो विलकुलै राजापुर वडाका स्थानियका लागी नयाँ हो अहिले त अरु वडाले पनि सिको गरेछन् भनेर बताउनु भयो ।
वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर साेधेकाे प्रश्नमा उहाँकाे उत्तर
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ६ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।








