Share Icon

♣ध्रुब कार्की

३० फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ ।

पर्यटकीय नगर थाहा नगरपालिका वडा नं ३ साबिक दामन गा वि स को वडाहरु १,२ ३ र ४ मिलेर बनेको छ । यस वडाको मूख्य पर्यटकीय क्षेत्रहरु गोरखनाथ मन्दिर इन्द्रायणी मन्दिर र शंखमुल हुन् ।

पछिल्लो समयमा थाहा नगरपालिका स्थित ३ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा हिरेन्द्र कुमार रायमाझी निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

थाहा नगरपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ।

वडा अध्यक्ष रायमाझीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष रायमाझीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँले बताउनुभयो ।

हाल वडामा लगभग पचहत्तर प्रतिशत योजना काम सम्पन्न भए सँगै बाँकी रहेका योजनाका कामहरुलाई समेटेर सम्पन्न गर्नको लागि वडामा अहोरात्र खटिरहेको उहाँले बताउनुभयो ।

वडाको समग्र योजनाहरुलाई समेटेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष रायमाझीले बताउनुभयो ।

वडा अध्यक्ष रायमाझीले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिने उद्देश्यले वडामा रहेका गरीब, दलित तथा आर्थिक विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृतीको व्यवस्था गर्दै शैक्षिक सामाग्रीहरु वितरण गर्ने काम सम्पन्न गरेका छौँ ।

त्यसैगरी वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा रहेका चालिस जना किसानहरु छनौट गरेर बेर्ना उत्पादन गर्ने उद्देश्यले टनेलहरु निर्माण गर्ने कामहरु भइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी वडामा रहेका युवा, महिला तथा लक्षित वर्गहरुलाई समेटेर सामाजिक विकास शाखा अन्तर्गत जनचेतना कार्यक्रमका साथै गुडीया, तथा सिलाई बुनाई जस्ता सिप मुलक तालिमहरु लगाएत अल्लोको कपडा उतपादन गर्नका लागी कारखानाहरु निमार्णका लागी वडामा छलफल भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष रायमाझीले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष रायमाझीले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

३ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ३ का अध्यक्ष रायमाझीले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।

Facebook Comments Box

Share Icon