शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै अध्यक्ष चौधरी

Share Icon

७ पाैष, काठमाडाैं ।  दाङ जिल्लाको राप्ति गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबसीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि, बाटो सडक तथा बिजुलिका योजनाहरु रहेको वडा ६ का अध्यक्ष दिपक कुमार चौधरीले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘टोल विकास समिति मार्फत काम गरिरहेको छाैं । यस वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राखेर याेजना बनाएकाे र  वडाको तर्फबाट विद्यालयको वार्षिक उत्सबको उपलक्ष्यमा जेहेनदार,गरिबी,इमानदार विद्यार्थीहरुलाई एउटा साईकल उपहार दिएर हाैसला प्रदान गरिरहेका छाैं ।’

त्यस्तै सक्षम शिक्षकलाई प्रोत्साहान बापत उहाँलाई डायरी,कलम तथा सम्मान पत्र वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

विद्लयकाे स्थापना कालदेेखि अहिले सम्म कुनैपनि जनप्रतिनिधिले शैक्षिक क्षेत्रमा हाैसला, उत्प्ररणाका कार्यक्रम नगरेकाे वडा नम्बर ६ मा  शैक्षिक क्षेेत्रमा चालेकाे याे मेराे पहिलाे सकारात्मक कदम रहेकाे र यसरि नै शैक्षिक क्षेत्रमा अबका दिनमा  काम गर्दै जाने याेजना रहेकाे वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो,’स्थानियहरू मेराे कामप्रति सकारात्मक हुनुहुन्छ । मलार्इ हाैैसला दिईरहनु भएकाे छ । एकदमै उत्साका साथ काममा लागेकाे छु । यस वडामा आमुल परिवर्तन ल्याउने याेजना रहेकाे छ ।’

उहाँले भन्नुभयो, ‘स्रोत साधन भ्याएसम्म समग्र वडाको क्षेत्रलाई समेट्दै वडामा निरन्तर काम गरिरहेका छौ ।’

त्यस्तै वडामा बजार व्यवस्थापन गर्ने काम गरेको पनि जानकारी दिनुभयो । यस वडामा जेब्रा क्रसिङ नएको र उक्त कामको लागि वडाबाट पहल गरिरहेकाे जनकारी दिनुभयाे ।

फोहोर व्यवस्थापनको लागि सडककाे छेउछाउँमा डस्टबिनकाे व्यवस्था गरेको साथै वडामा कृर्षकको लागि चार दिने कृषि सम्बन्धि तालिम समापन गरेको र अहिले तिन दिने आमा समुह अन्तर्गत  मातृशिशु स्याहार तालिम सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयाे  ।

उहाँले बिशेष जाेड दिगो विकास र समृद्धिको लागि पहिले जनतालाई सक्षम बनाउनु पर्ने आवश्यक रहेकाे  त्यसको लागि वडामा नेतृत्व विकासको तालिम राखेका बताउनुभयाे ।

टोल, टोलमा सुचनापाटि राखेका साथै युवहरूलाई निशुल्क कम्प्युटर तालिम दिने तयारी गरिरहेकाे जनकारि दिनुभयाे ।

अन्त्यमा वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीलाई विशेष धन्यबाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.