एमाले कर्णाली प्रदेशकाे अध्यक्षमा गुलाबजंग शाह विजयी

१६ असाेज,काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह विजयी हुनुभएको छ।
शाहले आफ्ना मुख्य प्रतिद्वन्द्वी कालीकोटका मिनबहादुर शाहीलाई १ सय ६२ मतले पराजित गर्नुभएकाे हाे । शाहले ३ सय ६९ मत ल्याउँदा शाहीले २ सय ७ मत प्राप्त गर्नुभयो ।
एमालेका पोटिलब्यूरो सदस्य शाह पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य बन्नुभएको थियो । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्र पाउनुभयो । शाह यामलाल कँडेल समूह र शाही गोरख बोगटी समूहबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
उपाध्यक्षमा गुलाबजंग पक्षकै टेकराज पछाई ३ सय ४२ प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उम्मेदवार लालबहादुर महताराले १ सय ७६ मत र दानसिंह परिवारले ५९ मत प्राप्त गर्नुभयाे ।त्यस्तै, सचिवमा ध्रुवबहादुर शाही ४ सय ६ मत प्राप्त गरेर विजय हुनुभयो ।