Share Icon

१६ असाेज, काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्ष पदमा विजयी हुनुभएको हो । अन्य पदाधिकारीमा पनि खतिवडा समूहकै निर्वाचित भएका छन् ।

साेमबार राति मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५ सय १२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत प्राप्त गर्नु भएकाे थियो भने ३५ मत बदर भएको छ ।

खतिवडा मोरङ-१ बाट निर्वाचित पूर्वसांसद समेत हुनुहुन्छ । सचिवमा पाँचथरका राजकुमार भण्डारी तथा उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवंशी विजयी हुनुभएको छ ।

उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

Facebook Comments Box

Share Icon