देशका अधिकांश भागमा दिउँसाे र राति आज भारी वर्षा हुने

Share Icon

१६ असाेज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिणपश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएकाे छ।

मंगलबार दिउँसो भने देशभर सामान्य बदली हुने भएकाे छ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.