Share Icon

१६ असाेज,काठमाडौं । प्रतिनिधि सभाको बैठक  मंगलबार बस्ने भएकाे छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा  बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएकाे हाे ।

बैठकमा विद्युत विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेश गर्ने कार्यसूची पनि रहेको संघीय संसद सचिवालयले जनाएकाे छ।

Facebook Comments Box

Share Icon