Share Icon

काठमाडौं । तन्चाङफाेवे समिति काठमाडाैंले विभिन्न क्षेत्रमा देश र समाज निर्माणमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजनीति, शिक्षा, स्वास्थ्य समाजसेवा लगायतका क्षेत्रमा योगदान पुर्‍याए वापत उनीहरुलाई सम्मान गरिएको हो ।

समितिले मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकाली, पूर्वमन्त्री एवं कांग्रेस नेता रोमी गौचन थकाली लगायतका व्यक्तित्वहरुलाई सम्मान गरेको हाे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रतिनिधि सभाका सांसद थकालीले जनताले आफूप्रति देखाएको विश्वासलाई सधै शिरोपर गरेर काम गर्ने बताउनु भयो ।

उहाँले मुस्ताङको शिक्षा,स्वास्थ्य,खानेपानी,पर्यटन लगायत विकास निर्माणका काममा सधै संसदमा आवाज उठाउने उल्लेख गर्नुभयो ।

सांसद थकालीले देश विकासमा लागि सबै नागरिकको भूमिका पनि महत्वपूर्ण हुने भन्दै आफूले सबैको सहयोग र सुझाव लिएर अघि बढ्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।

उहाँले देश निर्माणमा युवाहरुको भूमिका उल्लेखनीय रहने भन्दै सबैले आ–आफ्नो नेपाललाई समृद्ध र विकसित बनाउन जोड दिनु पर्ने बताउनु भयो ।

Facebook Comments Box

Share Icon