स्वर्णिम गोविन्दभन्दा ५ हजार मत अन्तरले अगाडि
११ वैशाख, काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।
पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् ।
एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् ।
राप्रपाकी शोभा गुरुङले ३८ मत पाएकी छन् ।
Facebook Comments Box
Related posts:
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
विकास योजनाका काम तिव्र रुपमा अघि बढाउदैँ अध्यक्ष थुङलुङ
चिनियाँ राजदूतलाई परराष्ट्रमन्त्रीले स्पष्टीकरण लिनुपर्छ र तत्काल फिर्ता बोलाउन चीन सरकारलाई भन्नुपर...
शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम अगाडि बढाईरहेका छौं : वडा अध्यक्ष गुरुङ
उच्चस्तरीय संयन्त्रको बैठक रोकियो, प्रचण्ड-ओलीबीच भेटवार्ता