Share Icon

१९ असाेज, काठमाडाैं । माहाकुलुङ गाउँपालिका नेपालका ७ सय ५३ स्थानीय तहमध्ये एक हो ।

यो प्रदेश नं‍. १ को सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालिन बुङ, छेस्काम र गुदेल गाविस समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हाे । मेरापिक, सिलुछो डाँडा, केन्पा डाँडाको तीनतिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलो मिटरमा फैलिएर २७‌.३७’ देखि २७‌.६२’ उत्तरी अक्षांश र ८६.५०’ देखि ८६.८४’ पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

वि.सं. २०६८ को जनगणना अनुसार ११ हजार ४ सय ५२ जनसंख्या रहेको यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ र भोजपुर जिल्लासँग जोडिएको छ ।

२७ फाल्गुन २०७३ मा स्थापित यस गाउँपालिकाको केन्द्र साविकको बुङ गाविस कार्यालयमा राखिएको छ । किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको यहाँ किरात समुदायको बाहुल्यता रहेको छ ।

माहाकुलुङ गाउँपालिका-२ का वडा अध्यक्ष प्रदिप राईले सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तरकाे सुधार गर्ने प्रयास भइरहेकाे बताउनुभएकाे छ।  उहाँले वडा खबरसँग कुरा गर्दै सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीकाे मुख्य समस्या रहेकाे बताउनुभएकाे हाे । करार शिक्षकबाट समस्याकाे समाधान गरिएकाे उहाँकाे भनाइ छ। २ वटा  पक्की सामुदायिक विद्यालयकाे भवन निर्माण भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

दूधकाेशी खाेलाकाे पुल बाढीले बगाएका कारण सडक संचालनमा समस्या भएकाे उहाँले बताउनुभयाे । यस वडामा महाकुलुङ प्राथमिक अस्पताल रहेकाे बताउँदै उहाँले १५ शैयाकाे अस्पतालकाे निर्माण काम अन्तिम चरणमा पुगेकाे बताउनुभयाे । कृषिकाे क्षेत्रमा उत्पादन एकदमै न्यून हुने र ३ महिना पनि खान नपुग्ने उहाँकाे भनाइ छ ।

माइक्राे हाइड्राे पावर कम्पनीबाट विद्युतकाे  वितरण गरिएकाे पनि उहाँले जानकारी दिनुभएकाे छ ।विद्युतकाे केन्द्रीय लाइन पनि विस्तार भइरहेकाे उहाँले बताउनुभयाे । साेही वडामा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे उहाँकाे तर्क छ । आफू प्रशासनिक काममा सक्षम भएकाे बताउँदै उहाँले वडा कार्यालयकाे भवन पनि बनाएकाे जानकारी गराउनुभयाे ।

तर दक्ष जनशक्तिकाे अभावका कारण  विकास निर्माणका काम गर्न गठिनाइ भएकाे पनि उहाँकाे तर्क छ । साेही वडामा प्याराग्लाइडिङकाे सफल रूपमा परीक्षण भएकाे पनि उहाँले बताउनुभएकाे छ ।साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । कृषि क्षेत्रमा परम्परागत तरिकाले नै खेती  लगाउने गरिएकाे पनि उहाँले बताउनुभयाे ।

वैदेशिक राेजगारीमा जाने युवालाई राेक्नका लागि युवा लक्षित कार्यक्रमहरू भइरहेकाे उहाँले बताउनुभएकाे छ । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ । साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ९० लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा पहिलाे कार्यकाल चुनाैतीपूर्ण रहेकाे बताउँदै अध्यक्ष राईले दाेस्राे कार्यकालमा निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्य रहेकाे दावी गर्नुभयाे ।

Facebook Comments Box

Share Icon