नागरिकता विधेयक लागू गर्न जनमत पार्टीकाे माग

Share Icon

बारा । डा. सीके राउत नेतृत्वकाे जनमत पार्टी बाराले सदरमुकाम कलैयामा नागरिकता विधेयक लागू गर्न सम्प्रदायीक सर्वोच्च अदालतको निर्णयलाई लिएर विरोध प्रदर्शन कार्यक्रम गरेको छ ।

जनमत पार्टी बाराका जिल्ला ईन्चार्ज शिवनाथ पटेलको नेतृत्वमा कलैया स्थित रामजानकी मन्दिर परिसरबाट निस्केको विरोध प्रदर्शन र्याली कलैया बजार परिक्रमा गरी सहिद (भरत) चौकमा कोणसभामा परिणत भएको थियो ।

जनमत पार्टीका जिल्ला ईन्चार्जको अध्यक्षतामा सम्पन्न कोणसभा कार्यक्रमलाई केन्द्रीय सदस्य रामबाबु साह,रौशन खातुन, केन्द्रीय परिषद् सदस्य सीए राजेश साह,मधेस प्रदेश समिति सदस्य संतोष पटेल,रामाशंकर कुशवाहा,गज्जानन्द यादव,मदन साह,महिला नेतृ सुष्मा यादव,नागरिकता पिडित संघर्ष समिति बाराका अध्यक्ष सरोज साह लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन निवर्तमान जिल्ला सचिव विजय गुप्ताले गरेको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.