संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित

Share Icon

२६ भदौ ,काठमाडौँ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद्मा सन्तुलित भूमिका निर्वाह गर्नुभएकाले उहाँको यस भूमिकालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अप्ठेरो राजनीतिक अवस्थामा पनि उहाँले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरुको सम्बोधन गर्नुभएको सङ्घीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई बताउनुुहुन्छ ।

उहाँले भन्नुभयो, “सुवासजीले राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्नुहुन्थ्यो । उहाँको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाबाट सबैले सिक्न सक्नुपर्छ ।” संविधान जारी गर्ने बेला अध्यक्ष नेम्वाङको भूमिकाको स्मरण गर्दै उहाँले त्यो बेलाको राजनीतिक अवस्थालाई नेता नेम्वाङले कुशलतापूर्वक सम्हालेको बताउनुभयो ।

पूर्वमहासचिव भट्टराईले भन्नुभयो, “सुवासजी त्यो भूमिकामा नभएका भए धेरै किसिमका समस्या उत्पन्न भई प्रक्रिया नै अवरुद्ध हुने परिस्थिति पनि आउन सक्थ्यो, त्यो सम्भावनालाई उहाँले बुद्धिमतापूर्वक अवतरण गराउनुभएको हो ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.