Share Icon

एजेन्सी । चीनले धर्मनिरपेक्षताको आडमा मुस्लिम विरोधी गतिविधि गरिरहेकाे छ ।

दक्षिणपश्चिम चीनमा १४ औं शताब्दीको मस्जिदको भाग भत्काइएपछि अहिले चीनमा व्यपाक रूपमा विराेध भइरहेकाे छ ।

मुस्लिम समुदायले त्यसकाे चर्को विरोध गरिरहेकाे छ । चीनमा स्थिति यति बिग्रियो कि ठूलो संख्यामा सुरक्षा बल तैनाथ गर्नुपरेको थियो ।

युनान प्रान्तको नागुमा रहेको नाजियाइङ मस्जिदको तोडफोडलाई लिएर विवाद सुरु भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीले त्यहाँ उपस्थित अल्पसंख्यक समुदायप्रति सधैं आफ्नो कडा कदम चालिरहेकाे छ। मानिसहरूलाई आफ्नो धर्म आफ्नै तरिकाले पालन गर्ने स्वतन्त्रता दिइएको छैन।

कम्युनिष्ट पार्टी धर्म अभ्यासमा पनि पूर्ण नियन्त्रण राख्न चाहन्छ । आफ्नो परिचित शैलीमा, चीनले नाजियाइङ मस्जिद विवादलाई दबाउन सोशल मिडिया सेन्सर गरिरहेको छ। नाजियाइङ मस्जिदको विषयलाई लिएर चिनियाँ सामाजिक सञ्जालमा सरकारको पक्षमा मात्रै चर्चा भइरहेको छ ।

रिपोर्टका अनुसार शनिबार चिनियाँ प्रशासनले नाजियाइङ मस्जिदको केही भाग भत्काउने अभियान सुरु गरेको थियो, त्यसपछि सम्पूर्ण क्षेत्रको स्थिति अनियन्त्रित भएको थियो।

सन् २०२० मा चीनको एक अदालतले मस्जिदमा जोडिएका गुम्बज र मीनार गैरकानूनी भएको आदेश दिएको थियो । यो निर्माण हटाउने प्रक्रिया सुरु भएपछि त्यहाँ ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । उनले त्यसको विरोध गर्दै लामो समय काम ठप्प पारे ।

पश्चिमी देशका रिपोर्टका अनुसार दुई पक्षबीच झगडा हुँदा प्रहरीमाथि कुर्सी र ढुंगाले प्रहार भएको थियो । झडपका क्रममा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् ।

Facebook Comments Box

Share Icon