पाकिस्तानकाे ८ चर्चमा ताेडफाेड र आगजनी

Share Icon

एजेन्सी । पाकिस्तानमा फेरि एकपटक अल्पसंख्यकमाथि अत्याचारको घटना सार्वजनिक भएको छ । इस्लाम धर्मको पवित्र ग्रन्थको अपमान हुने डरले आक्रोशित भीडले बुधबार पञ्जाब प्रान्तमा आठ गिर्जाघरमा तोडफोड र आगजनी गरेको छ ।

वरपरका घरमा पनि आगो लगाइएको छ । यो घटनाले उक्त क्षेत्रमा तनाव फैलिएको छ । पाकिस्तान सरकारले अल्पसंख्यक इसाई समुदायको सुरक्षाका लागि अर्धसैनिक बल तैनाथ गरेको छ । यस विषयमा अमेरिकाले चिन्ता व्यक्त गर्दै पाकिस्तान सरकारलाई छानबिन गर्न अपिल गरेको छ ।

अमेरिकाका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले भने, “कुरानको अपमान गरेको आरोपमा पाकिस्तानमा गिर्जाघर र घरहरूलाई निशाना बनाइएकोमा हामी गहिरो चिन्तित छौं।”

उनले थप्दै भने,’हामी शान्तिपूर्ण अभिव्यक्ति स्वतन्त्रता र सबैका लागि धर्म र आस्थाको स्वतन्त्रताको अधिकारलाई समर्थन गर्छौं। हामीले पहिले नै भनेझैं, हामी सधैं धार्मिक उत्प्रेरित हिंसाका घटनाहरूप्रति चिन्तित छौं। हिंसा वा हिंसाको धम्की अभिव्यक्तिको स्वीकार्य रूप होइन। हामी पाकिस्तानी अधिकारीहरूलाई यी आरोपहरूको राम्ररी अनुसन्धान गर्न र संलग्न सबैलाई शान्तिको लागि आह्वान गर्न आग्रह गर्दछौं।’

पाकिस्तानी प्रहरीले लाहोरबाट करिब १३० किलोमिटर टाढा फैसलाबाद जिल्लाको जरनवाला तहसीलमा यी घटना भएको बताएको छ । त्यहाँ एक क्रिस्चियन पुरुष र उनकी बहिनीले कुरानको अपमान गरेको र आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको छ, त्यसपछि उक्त क्षेत्रमा आक्रोश बढ्यो र भीडले आक्रमण गरेको थियो।

स्थिति नियन्त्रण गर्न र चाम्रा मण्डी, जरनवालामा बसोबास गर्ने क्रिश्चियनहरूको सुरक्षा गर्न पाकिस्तानी रेंजर्स बोलाइएको थियो। उक्त क्षेत्रको अवस्था अहिले निकै तनावपूर्ण छ । भीडले क्रिस्चियन समुदायलाई घेरेको बताइएको छ । उक्त घटनामा हालसम्म १०० जनाभन्दा बढी पक्राउ परेका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.