राप्तीसाेनारी गाउँपालिका वडा नम्बर १ मा जस्तापाता वितरण
बाँके । बाँकेकाे राप्तीसाेनारी गाउँपालिका वडा नम्बर १ मा जस्तापाता वितरण गरिएकाे छ ।
वडा अध्यक्ष यम बहादुर खड्काले आर्थिक अवस्था कमजाेर भएका वडावासीहरूलाई जस्तापाता वितरण गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’आर्थिक अवस्था कमजाेर भएका ६० जना घरपरिवारलाई जस्तापाता वितरण गरिएकाे हाे।’
उहाँले यहाँ सुकुम्बासी तथा भूमिहिनहरू बढी रहेकाे पनि जानकरी दिनुभयाे । चालु आर्थिक वर्षकाे विनियाेजित बजेटबाट जस्तापाता खरिद गरी वितरण गरिएकाे वडा अध्यक्ष खड्काले बताउनु भयाे ।
फुसकाे छाना विस्थापित कार्यक्रम अन्तर्गत सुरक्षित आवास कार्यक्रममार्फत वडाकाे बजेटबाट जस्तापाता वितरण गरिएकाे उहाँले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, १० फुटा लम्बाइ भएकाे प्रति घरधुरी २२ वटा जस्तापाता दिइएकाे हाे।’
वडा अध्यक्ष खड्काले निर्वाचनको बेला गरेको प्रतिबद्धताअनुसार नै आफूहरुले जस्तापाता वितरण गरेको बताउनु भयाे । उहाँले अब असुरक्षित वास भएका वडावासीको वास सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँका अनुसार समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ जस्तापाता वितरण गरिएकाे हाे । वडाले थोरै बजेटमा भए पनि स्थानीयवासीको औचित्य र आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयाे ।
उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण वर्षौँदेखि चुहिने फुसको छानोमा बस्दै आएका घरपरिवारका लागि अभियान सञ्चालनमा ल्याइएको बताउनु भयाे । वडाले स्थानीय स्तर मै यस्तो अभियान कार्यक्रम सञ्चालनमा ल्याएसँगै वडावासी हर्षित देखिएका छन् ।