Share Icon

३ जेठ, काठमाडाैं । नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल बैतडी जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निणर्यानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो ।

यस क्षेत्रमा नगरपालिका हुन पुर्व १० वटा गा।वि।स थिए र ती १० वटा गा।वि।सका वडाहरु समायोजन भै पुर्चौडी नगरपालिका बनाईएको हो । नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३र११र०९ निर्णयबाट स्थानीय तहको साशन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो पुर्चौडी नगरपालिका जम्मा १० वटा वडा मिलेर बनेको छ ।

नविसीह खडायत २०७९ सालको स्थानिय तहको निर्वाचनमा पुर्चौडी नगरपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

यस अघिको २०७४ सालको कार्यकाल पनि खडायतको भएको विकास र जनले खडायतलाई पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले यस वडामा विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ।

वडा अध्यक्षमा निर्वाचन हुन भन्दा पहिले २०६२ सालदेखि नै समाज सेवामा आबद्ध रहनुभएका नविसीह खडायत निरन्तर रुपमा उत्साहका साथ वडाका गतिबिधि गरिरहनुभएको छ ।

चालुआर्थिक वर्षको बजेट वडाका गतिबिधि अन्तिम चरणमा पुगेको तथा भुक्त्तानी सिबीर चलीरहेको वडा अध्यक्ष खडायतले बताउनुभयो ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य, यातायात लागायतका विषयलाई मध्यनजर गरेर वडाका विकास निर्माणका कार्यहरु गरिहेको अध्यक्ष खडायतले उल्लेख गर्नुभयो ।

उहाले भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

पहिलो कार्यकालभन्दा यो कार्यकाल ज्यादै सहज भएको बताउदै वडा अध्यक्ष खडायतले भन्नुभयो यहाँका युवाहरुहरुलाई विदेश पलायन हुने लाई कृषिलाई व्यवसायिक मुलक बनाउन लागी रहेका छौ ।

उहाले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडाका मुख्य समस्या बिद्युत रहेको छ । यसको पहल हुदै गरेको छ । अब चाडै पालिकाका सम्पुण वडा विद्युतमय हुने वडा अध्यक्ष खडायत ले उल्लेख गर्नुभयो।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५  वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon