Share Icon

२९ फागुन ,काठमाडाैं ।    मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख औधोगिक,ब्यापारिक र कृषि योग्य स्थल शहर बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो र यसको क्षेत्र सुर्खेत रोड को मनिकापुर एरपोर्ट को सीमाना देखि खजुरा रोड हुँदै साई गाउँ भारत को सीमाना संग जोडेको देखाउछ ।

यस गाउँपालिकामा जम्मा वडा ६ वटा रहेको छ । जानकी गाउँपालिका वडा नम्बर १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा मो. रजा राई निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष  राईले बताउनुभयो।

१ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर १ का वडा अध्यक्ष राईले बताउनुभयो।

दास्रो कार्यकाल भएर पनि वडाका हरेक समस्या देखि वडाका गतिविधि गर्न सहज भएको जानकारी वडा अध्यक्ष राईले  दिनुभयाे ।

सडक तथा जनचेतनाको कामी वडाको मुख्य समस्या रहेकोे अफ्नो कार्यकालमा यी समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो ।  स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष राइले वताउनुभयो।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon