राजापुर नगरपालिकाले बेपत्ता परिवारलाई दिनथल्यो मासिक दुई हजार भत्ता

Share Icon

♦उमेश दलमी

१२ बैशाख ,बाँके  । बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिन थालेको हो।

राजापुरका मेयर दिपेश थारुले बेपत्ता १७ जनाका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिएको जानकारी दिएका हुन । आफन्तलाई बेपत्ता पारिएपछि आर्थिक संकटमा रहेका बेपत्ताका परिवारलाई मासिक दुई हजार भत्ता दिँदा थोरै भए पनि राहत भएको मेयर थारुको भनाइ छ।

राजापुर नगरपालिकाले द्वन्द्वपीडितलाई समक्ष बनाउन तालिमदेखि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न ४० लाख रुपैयाँ छुट्याएको हो। प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको यो कार्यक्रमलाई तालिमसँगै भैंसी र बाख्रापालनमा खर्च गर्ने मेयर थारुले बताएका हुन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.