नेपाल बिद्यार्थी संघ बर्दियाको अध्यक्षमा आ–आफ्नै दाबी, के भन्छ विधान ?

Share Icon

१५ फागुन, काठमाडौं ।  नेपाल विद्यार्थी संघ बर्दियाको कार्य समिती आधिकारिकको बिवाद उत्कर्षमा पुगेको छ । सामाजिक संजालमा फरक फरक अध्यक्षको विज्ञप्ती सार्वजनिक भएसंगै विवाद उत्कर्षमा पुग्दा नेता कार्यकर्ता अन्यौलमा परेका छन् ।

आखिर को त आधिकारीक अध्यक्ष दुवै पक्षले आफ्नो-आफ्नो उम्मेदबार आधिकारीक भनेर घोषण गरिरहेका छन् । यसै बिच नेपाली कांग्रेस बर्दियाले पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ती जारीगर्दै असिम विक्रम शाह अध्यक्ष रहेको सार्वजनिक गरेको छ ।

भने नेपाल विद्यार्थी संघ बर्दियाका पुर्व अध्यक्षहरु क्रमशः तेजबहादुर भाट, लक्ष्मण घिमिरे, स्थानेश्वर सिग्देल, कमल प्रसाद रेग्मी र शोभाकान्त पौडेलले संयुक्त विज्ञप्ती जारीगर्दै नगेन्द्र हमाल नेविसंघ बर्दियाको अध्यक्ष रहेको बताएका छन् ।

नेपाली कांग्रेस बर्दियाका अनुसार अध्यक्ष पदका लागि क्रियाशील तथा योग्य नेपाल विद्यार्थी संघका सम्भावित विद्यार्थीको नाम नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले मागेको थियो ।

सोही अनुसार पार्टीले नाम पठाएकोमा जिल्लाबाट पठाईएको नाम मध्ये केन्द्रिय समितिले ठाकुरबाबा नगरपालिका–४ का असिम बिक्रम शाहलाई अध्यक्ष पदको जिम्मेवारी दिएको जनाएको छ ।

नेविसंघ बर्दियाका पूर्व अध्यक्षहरुको संयुक्त विज्ञप्तीमा भनिएको छ “नेविसंघको विधानको धारा ५ को उपधारा ५ बमोजिम ३२ वर्षे उमेर हदको व्यवस्था १२ औं महाधिवेशनको प्रक्रिया पनि प्रारम्भ नभएकोले तत्कालिन अवस्थामा विधान सम्मत कानुनतः शोभाकान्त पौडेलको अध्यक्षतामा रहेका कार्य समिती नै कायम रहेने देखिन्छ ।”

माघ २० गते बबई बहुमुखी क्याम्पसमा अध्यक्ष शेभाकान्त पौडेलको सभापतित्व र नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य तथा नेविसंघका पुर्व अध्यक्ष कमल प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा जिल्ला भेला भएको थियो ।

जिल्ला भेलाले सर्व–सम्मत रुपमा नेविसंघको अध्यक्षमा चुरे क्याम्पसका सभापति नगेन्द्र हमाललाई चयन गरिएको थियो । सोही अनुसार हमाल नै आधिकारिक अध्यक्ष रहेको पुर्व अध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल बिद्यार्थी संघको विधि र विद्यान भन्दा माथि कोही नभएको वर्तमान जिल्ला कार्यसमीती खारेज नभएको अवस्थामा नेपाली कांग्रेस बर्दियाले विधानको कुनु धारामा टेकेर ११ जनाको सिफारीस ग र्‍यो ? चुरे क्याम्पसका सभापति तथा बर्दिया  नेविसंघको अध्यक्ष नगेन्द्र हमालले प्रश्न गर्नुभएकाे छ । यसैगरी वडा खबर डटकमले असिम विक्रम शाह संग उहाँकाे धारणाका लागी सम्पर्क  गरेकाे भएता पनि कुरा हुन सकेन ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.