वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौं
♣ध्रुब कार्की
१५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला स्थित सूर्यगढी गाउँपालिका नेपालको स्थानीय सरकारको रूपमा २०१७ (२०७३) मा समाहित भएको हो । सूर्यगढी गाउँपालिकाको सदरमुकाम नुवाकोट जिल्लाको चोकडे बजारमा अवस्थित छ ।
सूर्यगढी गाउँपालिका साबीकको लाच्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान गाउँ विकास समितिलाई गाभेर गठन गरीएको छ । यस गाउँपालिकालाई हाल ५ वटा वडामा विभाजन गरिएको छ ।
सूर्यगढी गाउँपालिका स्थित ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा राम शरण राई निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ राम शरण राई हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।
पछिल्लो समय सूर्यगढी गाउँपालिका स्थित ४ नम्बर ले विकासको फड्को मारिहेको छ ।
वडा अध्यक्ष राईले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष राईले बताउनुभयो ।
वडा अध्यक्ष राईले उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
वडामा बजेट थोरै भएको कारण चौतर्फी विकासलाई समेटेर बजेट विनीयोजन गरेसँगै विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष राईले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”
त्यसैगरी वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै विभिन्न कार्यक्रमहरु प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सघककरुलाई व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा, महिला तथा लक्षित वर्गहरुलाई पालिका मार्फत सिलाई बुनाई तथा अन्य कार्यक्रमहरु रहेको छ ।”
निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।
वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष राईले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”
निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।
वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष राईले स्पष्ट पार्नुभयो ।
वडा नम्बर ४ मा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष राईले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







