नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष कंडेल
♣ हस्ता विष्ट
१२ चैत्र, काठमाडाैँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ ।
यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ ।
नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर ४ गा.वि.स. समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ ।
गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९.९३ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ३४०८१ जना महिला तथा ३०९९७ जना पुरुष गरि जम्मा ६५०७८जनसंख्या रहेको छ ।
गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित गैंडाकोट नगरपालिका वडा नं. १० का वडा अध्यक्ष देवी दत्त कंडेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
गैंडाकोट नगरपालिका वडा नं. १० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष देवी दत्त कंडेल ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष कंडेल अहोरात्र खटिरहनुभएको छ ।
गैंडाकोट नगरपालिका वडा नं. १० मा जम्मा बजेट वडाबाट ७५ लाख र नगरबाट २७ लाख विनियोजन गएिको वडा अध्यक्ष देवी दत्त कंडेलले जानकारी दिनुभयो ।
वडा अध्यक्ष कंडेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कंडेलले बताउनुभयोे ।
वडा अध्यक्ष कंडेलले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिए साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै कालोपत्रे गर्ने काम सम्पन्न गर्ने काम भईसकेको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयको मर्मत सम्भार गर्ने, विद्यार्थीहरुलाई निशुल्क भर्नाको व्यवस्था गरेको र शिक्षकहरुलाई खाजाको व्यवस्था गरेको वडा अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” यस वडामा पशुपालन गर्ने मानिसहरुको बस्ती धेरै रहेकाले वडामा कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि औजारहरु घास काट्ने मेसिनहरु वितरण गरेको र तरकारीहरु विउँ विजनहरु गरेका छौ । ”
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा यस वडामा नगर अस्पताल र स्वास्थ्य केन्द्र रहेकोले वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु लिन बाहिर जान नपर्ने वडा अध्यक्ष कंडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा जेष्ठ नागरिक तथा युवाहरुलाई लक्षित गर्दै मनोरञ्जनको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेर मैदानको निमार्ण गरेको र कोटीहोममा निशुल्क वाईफाई जडान गर्र्नेे योजनामा रहेको छ । ”
त्यस्तै खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीको घरघरमा धारा पुराउने काम सम्पन्न गरेको यहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु, नेतृत्व विकास तालिमहरु र उद्घोषक तालिमहरुको व्यवस्था गरेका छौ । ”
त्यसै गरी युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदहरुको लागि वडामा बजेट विनियोजन गरेको वडा अध्यक्ष कंडेलले प्रष्ट पार्नुभयो ।
वडा अध्यक्ष देवी दत्त कंडेलले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







