Share Icon

हस्ता विष्ट
१५ चैत्र, काठमाडाैँ । देवचुली नगरपालिकालाई भाद्र २९, २०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । उक्त नगरपालिका नेपालको राजधानी शहर काठमाडाैँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमा रहेको छ ।

साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविसलाईसमावेश गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गाविस समावेश भई गठन भएको नगरपालिका हो ।

नेपालको गण्डकी प्रदेशमा पर्ने यो नगरपालिकाको कुल क्षेत्रफल ११२.७२ वर्ग कि.मी रहेको छ । यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् ।

पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको झरही खोला पश्चिमी सिमानामा सोही राजमार्गको लोकाहा खोला, उत्तरमा १९३३.५ मिटर उचाईको देवचुली डाँडा र दक्षिणमा पवित्र नारायणी नदीको चार सिमाना भित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो ।

क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार आदि जाजजातिको बसोबास रहेको यो नगरपालिकामा हाल ८८४० घरधुरी र ४७३६८ जनसंख्या रहेको छ । जसमध्ये २३४९२ महिला र २३९६३ पुरुष रहेका छन् भने बालबालिकाको संख्या करिव १६००० छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित देवचुली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भुमिसरा आले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

देवचुली नगरपालिका वडा नं. ७ ले अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भुमिसरा आले ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष आले अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष आले भन्नुहुन्छ, “ हामीले उपभोक्ता समितिमार्फत् काम गरिरहेका छौँ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश याेजना लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा रहेकाे छ। ”

आले वडा अध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले खानेपानी उपभोक्ता समितिको अध्यक्षकाे रूपमा काम गर्नुभएकाे थियाे । उहाँ सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

देवचुली नगरपालिका वडा नं. ७ मा वडाबाट ३६ लाख, नगरबाट १५ लाख बजेट, प्रदेशबाट १५ लाख र संघबाट ८ लाख विनियोजन गरिएको वडा अध्यक्ष आलेले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचनपछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरिएकाे वडा अध्यक्ष आलेले बताउनुभयोे ।

वडा अध्यक्ष आलेले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता स्वास्थ्य, कृषि तथा बाटोलाई दिइएकाे छ, अहिले बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु भइरहेको छ। ”

त्यसैगरी खानेपानीको क्षेत्रमा घर घरमा धारा पुर्‍याई सकेको र पानीको शुद्धीकरण गर्नको लागि फिल्टर टयाङकी निमार्ण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिइरहेको र बर्थिङ सेन्टरको स्थापना गरेर महिलाहरुको पाठेघरको परीक्षण गर्ने काम गरेका छौँ। ”

त्यस्तै कृषिको क्षेत्रमा पशु समिति र कृषि समुह गठन गरेर कृषकहरुको आवश्यकताअनुसार घास काट्ने मेसिनहरु वितरण गरिएकाे वडा अध्यक्ष आलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयमा अध्यन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेका छौँ। ”

त्यस्तै वडामा साना तिना योजना धेरै रहेका छन् । उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँले बताउनुभयो । वडा अध्यक्ष आलेले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाइरहेको छाैँ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहानाअनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ का स्थानीय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ का वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैव लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon